६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा २५ तालिवानी लडाकु मारिए

एजेन्सी – अफगानी सैनिकको हवाई कारवाहीमा कम्तिमा २५ जना तालिवानी लडाकु मारिएका छन । सोमवार भएको उक्त सैन्य कारवाही कावुलवाट ३५ किलोमिटर पश्चिममा रहेको वर्दक प्रान्तमा भएको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ।

उक्त सैन्य कारवाहीमा चार जना स्थानीय डिभिजन कमान्डर, छ वस तथा तीन मोटरसाईकल ध्वस्त परिएको अफगानी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। अफगानी सैन्य स्रोतका अनुसार तालिवानी सैनिकहरु अझै धेरै संख्यामा मारिएको हुन सक्छ। जुन कुरा कुनै स्वतन्त्र निकायले मात्रै पुष्टी गर्न सक्ने जनाइएको छ । अहिलेसम्म तालिवानी लडाकुहरुले यो घटनावारे कुनै पनि प्रतिक्रिया जनाएका छैनन ।

 

प्रकाशित: १६ पुस २०७५ ०७:५० सोमबार

तालिवानी_लडाकु अफगानी_सैनिक हवाई_कारवाही