१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जब रातो झोला बोकेर ओवामा बाल अस्पताल पुगे…

बासिंटन- हाम्रो देशमा विशिष्ट व्यक्ति आमरुपमा सडकमा हिँडिरहेको देख्न मुस्किल नै हुन्छ। सुरक्षामा खटिने अगुवा पछुवा गाडिलाई प्रतिष्ठाको विषय बनाउने चलन नै बनेको छ। नीजि सुरक्षा अधिकारीको लागि मरिहत्ते गर्नेहरुको भिड पनि उस्तै छ। यही भिडमा केही विश्व नेताहरु सामान्य जीवनयापन गरेका भेटिन्छन्। उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिकाको जीवनशैलीले तामझामपूर्ण जीवन विताउने नेताहरुलाई गिज्याइरहन्छ।

क्रिसमस आउनै लाग्दा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओवामा सामान्य तरिकाबाट वासिङटनको चिल्ड्रेन नेसनल हस्पिटल पुगेका छन्। उनले त्यहाँ रहेका बालबालिकालाई उपहार बाँडेका छन्। सान्ता क्लजले लगाउने रातो फ्लपी टोपी लगाएर अस्पताल पुगेका ओवामाले एउटा रातो बोरा बोकिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उनले त्यहाँ आफ्नी हजुरआमालाई मनपर्ने सामानहरु समेत उपहारको रुपमा बालबालिकलाई बाँडेको वासिंटन पोष्टले लेखेको छ।

ओवामाले बालबालिका र उनका अभिभावकलाई समेत भेटेर सान्त्वना दिएका थिए। उनले अस्पतालमा करिव ९० मिनट विताएर एउटा भिडियो सन्देश समेत दिएका थिए।

 

 

प्रकाशित: ५ पुस २०७५ ०६:१२ बिहीबार

वाराक_ओवामा उपहार क्रिसमस