९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजामा शक्तिशाली हमला

जेरुसेलम- हमास लडाकूहरुका विरुद्धमा गाजामा शनिबार शक्तिशाली हमला भएको समाचार छ। यस हमलालाई सन् २०१४ को युद्धयताकै सबैभन्दा ठूलो हमला भएको बताइएको छ। 

इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले यो आक्रमणको पुष्टि गरेका छन्। गाजातर्फबाट इजरायलमा रकेट हानिएको र ती रकेटकहरुको जवाफी आक्रमणका रुपमा यताबाट हमला गरिएको उनले बताएका छन्।

यसका साथै उहाँले आवश्यक परेमा थप कारबाही पनि गरिने जानकारी समेत दिनुभएको बताइएको छ । तर उता प्यालेस्टिनीहरूले भने युद्धविराममा सहमति भएको र आक्रमण स्थगित भएको जनाएका छन्। 

उनीहरुले पहिला गाजातर्फबाट हमला भएको भन्ने समाचारको भने खण्डन गरेका छन्। उनीहरुले युद्धविरामकै समयमा यताबाट हमला नभएको बताएका छन्। 

इजरायलतर्फ प्रहार गरिएका दर्जनौँ रकेटबाट केही व्यक्ति घाइते भएका छन् । त्यहाँ ठूलै हताहतको समाचार भने आएको छैन्। 

प्यालेस्टिनी अधिकारीहरूले गएराति गाजा शहरमा गरिएको हवाई आक्रमणबाट केहीको ज्यान गएको बताएका छन् । यससम्बन्धी पूर्ण विवरण भने आइसकेको छैन्।

गाजातर्फ पछिल्ला केही समयमा हिंसा मच्चिएको छ। हमासका विरुद्ध इजरायलका तर्फबाट पनि ठूला हमलाहरु हुने गरेका पछिल्ला समाचारहरुमा जनाइएको छ। 

प्रकाशित: ३१ असार २०७५ ११:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App