१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

यौन प्रकरणमा आरोपित तीन धर्मगुरुको राजिनामा स्वीकृत

भेटिकन सिटी- क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले चर्च यौन प्रकरणमा आरोपित चिलीका तीन धर्मगुरूले पदबाट दिएको राजिनामालाई सोमबार स्वीकृत गरेका छन्।

विवादास्पद जुवान ब्यारोससहित अन्य दुई आरोपित धर्मगुरूको कार्यकाल चलिरहँदा उनीहरूमाथि चर्चमा भएका यौन गतिविधिमा दोषी भनी आरोप लागेपछि उनीहरूले नैतिकताका हिसाबले पदबाट राजिनामा दिएका थिए।

उक्त प्रकरणमा चिलीका धर्मगुरूहरूको प्रतिनिधिमण्डलका सम्पूर्ण सदस्यले गत महिना पोप फ्रान्सिसलाई टक्राएको राजिनामाथि विभिन्न चरणमा भएका छलफलपछि उक्त निर्णय गरिएको पोपको कार्यालयले जनाइएको छ। रासस/एएफपी
 

 

प्रकाशित: २८ जेष्ठ २०७५ १३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App