१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलङ्कामा मौसमी वर्षाका कारण २३ को मृत्यु

कोलम्बो – श्रीलङ्कामा मौसमी वर्षाका कारण मृत्यु हुने व्यक्तिको संख्या २३ पुगेको श्रीलङ्का प्रकोप व्यवस्थापन केन्द्र (डिएमसी) ले जनाएको छ। 

अबिरल रुपमा परेको यस वर्षाबाट ७५ हजार व्यक्तिलाई शरणार्थी शिविरसम्म पुर्‍याइएको जनाइएको छ। आइतबार मात्र परेको चट्याङमा परी पाँच जनाको मृत्यु भएको थियो। 

त्यसैगरी भारी वर्षाको कारण परेको डुबानमा २३ जनाको मृत्यु भएको डिएमसीमा प्रवक्ता प्रदिप कोदिपिलीले बताएका छन्। अझै पनि भारी वर्षाको क्रम जारी नै रहने अनुमान गरिएको प्रवक्ता कोदिपिलिले बताएका छन्। वर्षाले अति नै प्रभावित पारेको इलाकाबाट अझै पनि सुरक्षित इलाकामा लैजाने क्रम जारी रहेको बताइएको छ। 

वर्षा प्रभावित इलाकामा उद्धारकार्यको लागि हजारौँको संख्यामा श्रीलङ्काली सेना र प्रहरी तैनाथ गरिएको छ। यस प्रकोपबाट ४ हजार भन्दा बढी घर आंशिक वा पूरै रुपमा क्षतिग्रस्त भएको बताइएको छ। 

यस वर्षको मौसमको सुरुआतमै यसरी श्रीलङ्कामा प्रकोपले सताएको छ। गत वर्ष पनि यहाँको मौसमी वर्षाले ठूलो क्षति पुगेको थियो। 

प्रकाशित: १४ जेष्ठ २०७५ १०:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App