१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ग्यास सिलिन्डर विस्फोट हुँदा पश्चिम बंगालमा ७ जनाको मृत्यु

भारतको पश्चिम बंगालमा ग्यास सिलिन्डर विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार सोमबार राति दक्षिण २४ परगना जिल्लाको पाठर प्रतिमामा रहेको एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा सात जनाको मृत्यु भएको हो।

घटनामा मारिनेहरूमा चार बालबालिका र दुई महिला रहेका घटनाको बारेमा जानकारी दिँदै एक वरिष्ठ प्रहरी अधिकारीले बताए।

'सबै शवहरू बरामद भइसकेका छन्। घाइते महिलालाई उनको घरबाट उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ,' सुन्दरवन प्रहरी जिल्लाका एसपी कोटेश्वर रावले पीटीआईलाई बताए।

प्रकाशित: १९ चैत्र २०८१ १०:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App