सिअाेल - उत्तर कोरियाले परमाणु थप मिसाइल परीक्षण नगर्ने भएको छ।उत्तर कोरियाली नेता किम जोंग उनले अागामी दिनमा थप परमाणु मिसाइल परीक्षण गर्नु जरुरी नभएको बताएको उत्तर काेरियाली सञ्चार माध्यमहरुले जनाएका छन्।
२१ अप्रिलदेखि उत्तर कोरियाले मिसाइल तथा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण रोक्ने निर्णय गरेको दक्षिण काेरियाली सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।उत्तर कोरियाली सत्तारुढ दल वर्कर्स पार्टीको बैठकले मिसाइल परीक्षण नगर्ने निर्णय गरेकाे हाे। पछिल्ला दिनहरुमा उत्तर कोरिया र दक्षिण कोरियाबीचकाे कुटनीतिक सम्बन्ध सुधार हुँदै गएको छ।
प्रकाशित: ८ वैशाख २०७५ ०२:१५ शनिबार