१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ग्वाटेमाला बस दुर्घटना : मृतक संख्या ५५ पुग्यो, तीन दिने राष्ट्रिय शोक घोषणा

मध्य अमेरिकाको देश ग्वाटेमालाकाे राजधानी ग्वाटेमाला सिटीमा साेमबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५५ पुगेको छ।  

अधिकारीहरूका अनुसार बसमा ७० भन्दा धेरै यात्रु सवार थिए। साे दुर्घटनामा केही गम्भीर घाइते भएका छन्। उद्धारकर्ता एडविन भिल्लाग्रानले धेरै सवारी साधन एकअर्कासँग ठोक्किएपछि बस लगभग २० मिटर गहिरो नालीमा खसेको भनेका छन्।

ग्वाटेमालाका राष्ट्रपति बर्नार्डो अरेभालोले देशमा तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन्। यसका साथै, मानिसहरूलाई सहयोग गर्न सेना र विपद् एजेन्सीहरू खटाइएको छ। एजेन्सी

प्रकाशित: २९ माघ २०८१ ०९:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App