१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सुडानमा जारी गृहयुद्धका कारण यौन हिंसामा आश्चर्यजनक वृद्धिः राष्ट्रसङ्घ

फाइल तस्बिर

संयुक्त राष्ट्रसङ्घको अनुसन्धानले सुडानमा जारी गृहयुद्धका कारण यौन हिंसामा आश्चर्यजनक वृद्धि भएको देखाएको छ।

सुडानका लागि संयुक्त राष्ट्र स्वतन्त्र अन्तर्राष्ट्रिय तथ्य–खोजी मिसनले मङ्गलबार प्रकाशित गरेको नयाँ प्रतिवेदनमा बालबालिकाहरू दुर्व्यवहारको सिकार भइरहेका र महिला र युवतीहरू यौन दासत्वका लागि अपहरण भइरहेको जनाएको छ।

सुडानमा अहिले कुनै सुरक्षित स्थान नरहेको अनुसन्धानका अध्यक्ष मोहम्मद चन्डे ओथम्यानले एक विज्ञप्तिमा भनेका छन्।

देशको वास्तविक शासक अब्देल फताह अल–बुरहानको नेतृत्वमा रहेको सुडानी सेना (एसएएफ) र उनको पूर्व सहायक मोहम्मद हमदान डाग्लोको नेतृत्वमा रहेको अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीच सन् २०२३ को अप्रिलदेखि युद्ध चलिरहेको छ।

सुडानको गृहयुद्धले विश्वको सबैभन्दा खराब मानवीय सङ्कट निम्त्याएको पनि राष्ट्रसङ्घले बताएको छ।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीका अनुसार युद्धका कारण करिब ११.३  मिलियन मानिस आफ्नो घरबाट विस्थापित भएका छन् भने दुई करोड ५० लाखभन्दा बढी मानिसहरू तीव्र भोकमरीको सामना गरिरहेका छन्।  

प्रकाशित: १४ कार्तिक २०८१ १०:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App