१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रसंघका महासचिवलाई इजरायलको प्रतिबन्ध, आतङ्ककारीलाई साथ दिएको आरोप

इजरायलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ।

बुधबार एक्समा ट्विट गर्दै इजरायलका विदेशमन्त्री इजरायल कट्जले यसको जानकारी दिएका हुन्।

‘जो कोही पनि इरानले इजरायलमाथि गरेको जघन्य हमलाको स्पष्ट रूपमा निन्दा गर्न सक्दैन, उसलाई इजरायली जमिनमा पाइला राख्ने कुनै किसिमको अधिकार छैन,’ विदेशमन्त्री कट्जले लेखेका छन्।

कट्जले गुटेरेसलाई यस्तो महासचिव भनेका छन् जसले अहिलेसम्म पनि अक्टोबर ७ मा हमासले गरेको नरसंहार र यौन उत्पीडनको निन्दा गरेनन्। ‘न उनले (महासचिव गुटेरेस) हमासलाई आतङ्कवादी संगठन घोषणा गर्न कुनै प्रयास गरेका छन्,’ कट्जले अगाडि लेखेका छन्।

‘यस्तो महासचिव जो, आतङ्कवादी, बलात्कारी, हमास, हिजबुल्लाह र हुतीपछि इरानले गरेको हत्याको समर्थन गर्छ,’ विदेशमन्त्री कट्जले आरोप लगाएका छन्,‘उनले संयुक्त राष्ट्रको इतिहासमा दाग लगाएको अर्थमा याद गरिनेछ।’ कट्जले इरानलाई वैश्विक आतङ्कको जननी भनेर पनि आरोप लगाएका छन्।

विदेशमन्त्री कट्जले इजरायल एन्टोनियो गुटेरेसको साथ बिना पनि आफ्ना नागरिकको रक्षा गर्न र राष्ट्रिय सुरक्षाको सम्मान बनाइराख्न जारी राख्ने बताएका छन्।

प्रकाशित: १६ आश्विन २०८१ १७:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App