१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्याको विरोधमा कोलकातामा प्रदर्शन, महिलाहरु रातभर सडकमा

प्रशिक्षार्थी चिकित्सकको बलात्कार र हत्याको विरोधमा भारतको कोलकातामा महिलाहरुले रातभर प्रदर्शन गरेका छन्।  

कोलकातामा रहेको आरजी कर मेडिकल कलेजमा गत शुक्रबार ३१ वर्षीया एक महिला प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि निर्मममतापूर्वक हत्या भएको थियो। बलात्कार र हत्याको विरोधमा पश्चिम बंगालका दशौं हजार महिलाले बुधबार राति सडकमा जुलुस प्रदर्शन गरेका हुन्।

एकसातादेखि जारी प्रदर्शनमा प्रदर्शनकारी महिलाहरुले हत्यारामाथि कडाभन्दा कडा कारबाहीको माग गरेका छन्। पश्चिम बंगलादका अधिकांश  स्थाननमा बुधबार राति भारी वर्षा भएपनि त्यसको बाबजुद महिलाहरुले रातैभर प्रदर्शन गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। प्रदर्शन शान्तिपूर्ण रहेको बताइए पनि प्रदर्शनकारी महिलाहरुले चिकित्सक हत्या भएको स्थान आरजी कलेज प्रवेश गरी तोडफोड गरेको समाचारमा उल्लेख छ। सो अघि पनि ठाउँठाउँमा केही समूहसँग उनीहरुको सामान्य झडप भएको थियो।

झडप नियन्त्रणका क्रममा प्रहरीको भ्यानमा तोडफोड हुनुका साथै प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको थियो। बलात्कारपछि हत्याको विरोधमा दिल्ली, हैदरावाद, मुम्बई, पुनेलगायत राज्यमा पनि प्रदर्शन जारी रहेको छ। प्रदर्शनका क्रममा उनीहरुले हामी न्याय चाहान्छौं को नारा लगाएका थिए।

प्रकाशित: ३१ श्रावण २०८१ १३:१८ बिहीबार

#india