१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दिल्लीका मुख्यमन्त्री केजरीवालको अन्तरिम जमानत अदालतद्वारा अस्विकार

भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानत अस्विकार गरिदिएको छ।

समाचार संस्था पीटीआईका अनुसार सर्वोच्च अदालतले मुख्यमन्त्री केजरीवाललाई अन्तरिम जमानत दिन अस्विकार गर्दै अर्को सुनुवाई २३ अगस्टमा हुने बताएको छ।

न्यायाधीश सूर्य कान्त र उज्ज्वल भुयनको इजलाशले केजरीवालको तर्फबाट पेस भएका अधिवक्ता अभिषेक मनु सिंघवीलाई अन्तरिम जमानतको आदेश नदिने र यसबारे नोटिस जारी गरिएको बताएको छ।

अदालतले सोबारे नोटिस समेत जारी गरेको छ। उक्त नोटिस केजरीवालको कैदलाई कायम राख्ने दिल्ली उच्च अदालतको आदेशलाई चुनौती दिने रिटको सम्बन्धमा रहेको बताइएको छ।

अब सीबीआईलाई २३ अगस्टसम्म सर्वोच्च अदालतमा आफ्नो जवाफ जम्मा गराउनुपर्ने हुन्छ।

दिल्लीका मुख्यमन्त्री केजरीवाल रक्सी नीतिमा भ्रष्टाचार आरोपमा पक्राउ परेका हुन्।

प्रकाशित: ३० श्रावण २०८१ १३:१८ बुधबार

#arvinda kejariwal #india #delhi