१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रहरी इन्चार्जले घुसमा मागे ५ किलो आलु, ३ किलोमा कुरा मिल्यो

भ्रष्टाचारीले भ्रष्टाचारका अनेक उपाय अपनाउँछन्। जसमा उनीहरूले विभिन्न प्रकारका धन सम्पत्ति जोड्ने वा रकम लेनदेन गर्छन्। तर, भारतका उत्तर प्रदेशमा अनौँठो घुसकाण्ड सार्वजनिक भएको छ।

उत्तर प्रदेशको कन्नौज जिल्लामा एकजना प्रहरीले घुसमा ५ किलो आलु मागेका छन्। जसका कारण उनको पद खोसिएको छ।

कन्नौजको सौरिख थाना क्षेत्रको चपुन्ना प्रहरी चौकीमा इन्चार्जको रुपमा खटिएका रामकृपाल सिंह र एकजना व्यक्ति एउटा मुद्दा सल्टाउनका लागि मोबाइल फोनमा कुराकानी गर्दै थिए। जसमा प्रहरी चौकी इन्चार्ज सिंहले घुसको रुपमा ती व्यक्तिसँग ५ किलो आलु मागेका थिए। तर, ती व्यक्तिले २ किलो आलु मात्रै दिन सक्ने बताएका थिए। व्यक्तिको कुरा सुनेर रिसाएका प्रहरी चौकी इन्चार्ज सिंहले पछि ३ किलो आलु दिए मात्रै कुरा मिल्ने बताएको अडियो भाइरल बनेको छ।

उक्त घटना पछि कन्नौजका प्रहरी उपरिक्षक अमित कुमार आनन्दले सिंहलाई निलम्बित गरिदिएका छन्।

प्रकाशित: २९ श्रावण २०८१ १३:२४ मंगलबार

#india #UP