८ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बारुलाले आक्रमण गर्दा ४२ जना अस्पताल भर्ना

श्रीलङ्कामा बारुलाले आक्रमण गर्दा ४२ जना विद्यार्थी अस्पताल भर्ना भएका छन्।

श्रीलङ्काको पूर्वी प्रान्तको किनिया प्रहरी डिभिजनको एक विद्यालयमा मङ्गलवार बारुलाले आक्रमण गरेपछि ४२ जना विद्यार्थीलाई अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

विद्यालय भवनको छतमा रहेको बारुलाको गुँडमा भएको गडबडीपछि उक्त घटना भएको स्थानीय प्रहरीले जनाएको छ।

विद्यार्थीहरूलाई क्षेत्रीय अस्पतालमा भर्ना गरिएको र उनीहरूको उमेर १० देखि १५ वर्षको बीचमा रहेको बताइएको छ। रासस

प्रकाशित: १६ श्रावण २०८१ ०८:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App