३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विश्वभरि विस्थापितको सङ्ख्या १२ करोडभन्दा धेरै

संयुक्त राष्ट्रसङ्घले युद्ध, हिंसा र उत्पीडनका कारण विश्वभर १२ करोडभन्दा बढी मानिस जबर्जस्ती विस्थापित भएर बाँचिरहेको बताएको छ।

संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकाय यूएनएचसीआरले विश्वव्यापी रूपमा जबर्जस्ती विस्थापनले फेरि एकपटक रेकर्ड तोडेको र गाजा, सुडान र म्यान्माजस्ता स्थानमा जारी द्वन्द्वका कारण अझ धेरै मानिस आफ्नो घर छोड्न बाध्य भएको जनाएको छ।

विश्वव्यापी रूपमा विस्थापित जनसङ्ख्या अहिले जापानको कूल जनसङ्ख्या बराबर रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

द्वन्द्व र विस्थापितको भयावह स्थितिबारे संयुक्त राष्ट्रसङ्घका शरणार्थी प्रमुख फिलिप्पो ग्रान्डीले भने, ‘द्वन्द्व सामूहिक विस्थापनको एउटा ठूलो कारक बनेको छ।’

युएनएचसीआरले गत वर्षको अन्त्यसम्ममा ११ करोड ७३ लाख मानिस विस्थापित भएको जनाएको छ। अप्रिलको अन्त्यसम्ममा विश्वभर अनुमानित १२ करोड व्यक्ति विस्थापनमा बाँचिरहेका थिए।

युएनएचसीआरका अनुसार यो सङ्ख्या लगातार १२ वर्षदेखि बढ्दै गएको छ र एक वर्ष पहिले ११ करोड रहेको र सन् २०१२ को तुलनामा लगभग तीन गुणा बढी हो। रासस

प्रकाशित: ३१ जेष्ठ २०८१ १३:०६ बिहीबार

#war #unchr #United Nations Committee