३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गर्मीको स्तर अत्यधिक बढ्ने अनुमानका बीच पूर्व तयारी सुरु

भारतमा यस वर्ष गर्मीको स्तर अत्यधिक बढ्ने भएपछि सरकारले पूर्व तयारी सुरु गरेको छ। बीबीसीका अुनसार भारतीय मौसम विभागले यस वर्ष गर्मी अन्य वर्षको तुलनामा थप बढ्न सक्ने अनुमान गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व तयारी स्वरुप छलफल सुरु गरेका छन्।

उनले विभिन्न राज्यमा हिटवेब, लू र गर्मीका कारण निम्तिने अन्य जोखिमबाट बच्नका लागि मिलेर काम गर्न सबैलाई अपील गरेका छन्।

केन्दीय र राज्य स्तरका मन्त्री, जिल्ला स्तरका अधिकारीसहितको बैठकमा प्रधानमन्त्री मोदीले आगामी मे र जुन महिनामा पर्न सक्ने गर्मीलाई ध्यानमा राखी आवश्यक औषधि, जीवन जल, पिउने पानीको उपलब्धताको तयारी गर्न निर्देशन दिए।

भारतको आन्ध्रप्रदेश, तमिलनाडु, मध्यप्रदेश लगायतका क्षेत्रमा दुई साता अघि नै ४९ डिग्री तापक्रम मापन गरिएको थियो। अन्य प्रदेशमा पनि विस्तारै तापक्रम बढ्न सक्ने भएकाले सरकारले पूर्व तयारी गर्न भनेको हो।

साथै यसै महिनाबाट सुरु हुने निर्वाचनलाई ध्यानमा राखेर गर्मीबाट जोगिन आवश्यक उपाय अपनाउन पनि भनिएको छ।

प्रकाशित: ३० चैत्र २०८० ११:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App