१५ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानको सीमा नजिकै उत्तर कोरियाद्वारा मिसाइल प्रहार

फाइल तस्बिर

उत्तर कोरियाले जापानको सीमा नजिकै मिसाइल प्रहार गरेको छ। दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासको क्रममा उत्तर कोरियाले पूर्वी समुद्री क्षेत्र तर्फबाट छोटो दुरीका तीव्र गतिका मिसाइल प्रहार गरेको हो।

समाचार संस्था पीटीआईका अनुसार जापानका प्रधानमन्त्री फूमियो किशिदाले संसदमा सम्बोधन गर्दै उत्तर कोरियाले कोरिया प्रायद्वीप र जापानबीच पर्ने जल क्षेत्रमा विभिन्न मिसाइल आक्रमण गरेको बताए।

सुरक्षा परिषदले उत्तर कोरियाको मिसाइल गतिविधिलाई प्रतिबन्ध गरेको छ। तर, पनि उसले मिसाइ गतिविधिलाई निरन्तरता दिँदै आएको छ।

उत्तर कोरिया नजिकै दक्षिण कोरिया र अमेरिकाबीच ११ दिनको कम्प्यूटर सिमुलेटेड कमान्ड पोस्ट तालिम आइतवारबाट सुरु भएको छ।

प्रकाशित: ५ चैत्र २०८० ११:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App