३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानमा निर्वाचनको पूर्व सन्ध्यामा विस्फोट, २७ जनाको मृत्यु

पाकिस्तानमा निर्वाचनको पूर्व सन्ध्यामा भएको विस्फोटमा परी कम्तिमा २७ जनाको मृत्यु भएको छ।

बलुचिस्तान प्रान्तमा निर्वाचनमा भाग लिने उम्मेदवारहरूको कार्यालय बाहिर बुधवार साँझ २ वटा विस्फोट भएको हो। बीबीसीका अनुसार विस्फोटमा परी २७ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

क्वेटाको पिशिन जिल्लामा भएको पहिलो विस्फोटमा १८ जनाको मृत्यु भएको हो भने किला सैफुल्लाहमा भएको दोस्रो विस्फोटमा परी ९ जनाको मृत्यु भएको बताइएको छ।

हालसम्म विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन।

प्रकाशित: २५ माघ २०८० ०६:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App