३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आफैले थापेको एम्बुसमा परी २१ इजरायली सेनाको मृत्यु

इजरायल सेनाले आफ्ना २१ जना सेना मारिएको बताएको छ। बीबीसीका अनुसार हमासविरुद्ध जारी युद्धको क्रममा सोमवार आक्रमणमा परी २१ जना इजरायली सेना मारिएको इजरायली सेनाले बताएको हो।

इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) का प्रवक्ता डैनियल हजारीले इजरायली सेना रहेको घरमा रकेट आक्रमण हुँदा २१ जना मारिएको बताए।

जुन घरलाई भत्काउनका लागि इजरायली सुरक्षा बलले एम्बुस थापेको थियो सोही घरमा इजरायली सेना रहेको हुँदा उनीहरूको मृत्यु भएको पनि हजारीले स्विकारेका छन्।  

इजरायल र हमासबीच जारी युद्धका कारण हालसम्म गाजाका २५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेका छ। गत ७ अक्टुबरबाट सुरु भएको युद्धमा परी १३ सय इजरायली नागरिक मारिएका थिए। त्यसपछि इजरायलले तीव्र गतिमा गाजामाथि आक्रमण गर्दै आएको छ।

अहिले पनि २५० जनाभन्दा बढी इजरायली हमासको कब्जामा छन् भने प्यालेस्टिनी नागरिक पनि इजरायलको कब्जामा रहेका छन्।

प्रकाशित: ९ माघ २०८० ०८:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App