१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दोनेत्स्कमा विस्फोट हुँदा २५ जनाको मृत्यु

पूर्वी यूक्रेनको दोनेत्स्क सहरमा विस्फोट हुँदा २५ जनाको मृत्यु भएको छ। रूस नियन्त्रित दोनेत्स्कको भिडभाड भएको बजारमा विस्फोट भएको हो।  

बीबीसीका अनुसार युक्रेनले गरेको उक्त आक्रमणमा परी अन्य २० जना घाइते भएको रूस समर्थक नेता डेनिस पुशिलिनले बताएका छन्।

विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने पनि उनले बताए।

रूसका विदेश मन्त्री सर्गेइ लाभरोले आक्रमणलाई आतङ्की संज्ञा दिएका छन्। युक्रेनले भने हालसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन।

प्रकाशित: ८ माघ २०८० ०३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App