९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आइसल्यान्डमा ज्वालामुखी विस्फोट, हाई एलर्ट जारी

दक्षिण–पश्चिम आइसल्यान्डमा ज्वालामुखी फुटेपछि हाई एलर्ट जारी गरिएको छ। माछा समात्ने सहरको रुपमा प्रसिद्ध ग्रिन्डाविक नजिकै आइतवार ज्वालामुखी विस्फोट भएको हो। ज्वालामुखी विस्फोट भएपछि त्यसका लाभा आसपासका क्षेत्रमा फैलिन थालेको छ।

बीबीसीका अनुसार आइतवार ०३.०० ग्रीनविच मिन टाइम (जीएमटी) मा विस्फोट सुरु भएको र हाल ज्वालामुखीको लाभा कुन दिशामा फैलिँदै छ भन्ने प्रष्ट हुन सकेको छैन। तर, आसपासका बस्ती भने खाली गराइएको छ।

उक्त क्षेत्रमा पछिल्लो एक महिनाको अवधिमा यो दोस्रो ज्वालामुखी विस्फोट हो। यसअघि गत १८ डिसेम्बरमा पनि विस्फोट भएको थियो।

प्रकाशित: १ माघ २०८० ०७:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App