२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण चिनियाँ समुद्रमा गस्ती रोकिँदैन् : अमेरिका

मनिला – संयुक्त राज्य अमेरिकाले दक्षिण चिनियाँ समुद्र (साउथ चाइना सी)मा गस्ती नरोकिने स्पष्ट पारेको छ। चीनले गस्तीको विरोध गरिरहेका बेला अमेरिकाले नरोकिने प्रतिक्रिया दिएको हो। 

अमेरिकाले साउथ चाइना सी को गस्तीका लागि आफ्नो सेना भारतमा राख्ने सहमति समेत गरिसकेको छ। 

यसैक्रममा अमेरिकी नैसेनाका लेफ्टिनेन्ट कमाण्डर टिम हकिन्सले अन्तर्राष्ट्रिय नियमअनुसार अनुमति पाउने समुद्री क्षेत्रमा अमेरिकी सैनिक तैनाथ हुने स्पष्ट पारेका छन्। ‘अमेरिका कहिलेपनि यो क्षेत्रमा दाबी गर्नेछैन् तर नेविगेशन (समुद्रमा आवत जावत) स्वतन्त्रताको समर्थन गर्छ।’  

फिलिपिन्समा रहेको यूएसएस कार्ल विनसनमा कार्यरत कमाण्डर हकिन्सले स्वतन्त्र व्यापार र सुरक्षाका लागि अमेरिकाले समुद्रमा गस्ती गरिरहेको समेत स्पष्ट पारे। यो अन्तर्राष्ट्रिय कानूनले दिएको अधिकार अन्तर्गत नै भएको उनको दाबी छ।

साउथ चाइना सी मा चीनले पुरै क्षेत्र आफ्नो दाबी गर्छ र अमेरिकामाथि अवैधरुपमा घुसेको आरोप लगाउँदै आएको छ।
साउथ चाइना सी माथि आफ्नो दाबी गर्दै आएको चीनले सो क्षेत्रमा ७ आइल्याण्ड, मिसाइल स्टेशन, हैंगर र रडार स्टेशन बनाइसकेको छ। यो समुद्रको करिब ३५ लाख स्क्वायर किलोमिटर क्षेत्र विवादित मानिन्छ। यसमाथि चीनका अलावा फिलिपिन्स, भियतनाम, मलेसिया, ताइवान र ब्रुनाइले पनि दाबी गर्दै आएका छन्।

यो समुद्रमा तेल र ग्यासको ठूलो भण्डार रहेको बताइन्छ। अमेरिकी अध्ययन अनुसार यो क्षेत्रमा २१३ अर्ब ब्यारेल तेल र ९०० ट्रिलियन क्यूबिक फिट प्राकृतिक ग्यासको भण्डार छ।

प्रकाशित: ६ फाल्गुन २०७४ ११:४४ आइतबार

दक्षिण चिनियाँ समुद्रमा गस्ती रोकिँदैन् अमेरिका