१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानको निर्यात सन् २०२३ मा करिब २ अर्ब अमेरिकी डलर

सन् २०२३ मा युद्धग्रस्त अफगानिस्तानको निर्यात करिब २ अर्ब अमेरिकी डलर पुगेको छ। उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता अखुन्दजादा अब्दुल सलाम जवादले  दिएको जनाकारी अनुसार गत वर्ष सन् २०२३ मा अफगानिस्तानको निर्यातको मात्रा १।९  अर्ब अमेरिकी डलर पुगेको  छ।

यसैगरी सन् २०२२ मा निर्यातको मात्राको तुलनामा ४१ मिलियन अमेरिकी डलर (२ प्रतिशतले)  वृद्धि भएको  निजी टेलिभिजन च्यानल टोलोन्युजले जावादलाई उद्धृत गर्दै मङ्गलबार उल्लेख गरेको छ।

अधिकांश सामान पाकिस्तान, भारत, चीन, संयुक्त अरब इमिरेट्स, कजाकिस्तान र उज्वेकिस्तानमा निर्यात भएको अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएको छ।

यसअघि अफगानिस्तानको कामचलाउ सरकारका उद्योग तथा वाणिज्य मन्त्री नुरुद्दीन अजीजीले अफगानिस्तानले आफ्ना उत्पादन छिमेकी राष्ट्रलगायत ६० भन्दा बढी देशमा निर्यात गर्ने बताए।

अफगानिस्तानका प्रमुख निर्यात हुने वस्तुहरूमा कोइला, केसर, ताजा र सुख्खा फलफूल, हातले बुनेको गलैंचा, बहुमूल्य पत्थर धातुहरू रहेका छन्। रासस

प्रकाशित: १७ पुस २०८० ०७:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App