२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतलाई उछिन्दै चीन पहिलो नम्बरमा

काठमाडौं – एक सर्वेक्षणले चीन सरकारलाई विश्वमै सबैभन्दा बढी जनताको विश्वास जित्ने सरकारका रुपमा देखाएको छ। अघिल्लो वर्ष पहिलो नम्बरमा रहेको भारतलाई उछिन्दै चीनले शीर्ष स्थानमा आफूलाई उभ्याएको हो।

स्वीटजरल्याण्डको डावोसमा भर्खरै सार्वजनिक यस वर्षको ग्लोबल ट्रस्ट इन्डेक्स रिपोर्टअनुसार चीनको सरकार ७४ अंक प्राप्त गरी विश्वमै सबैभन्दा बढी जनताको मत जित्ने सरकारको रुपमा आफूलाई उभ्याएको अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएका छन्।

कम्युनिष्ट पार्टीको शासन, राष्ट्रपति सी जिनपिङको आक्रामक भ्रष्टाचारविरोधी अभियान, धनी गरिब सबैलाई समान व्यवहार, सुशासन, आर्थिक वृद्धिदर, जनताको आयस्तर वृद्धि लगायत सरकारका सुधारका कामले चीनमा जनतालाई अत्यधिक प्रभावित पारेको रिपोर्टमा उल्लेख छ।

रिपोर्टमा एसियाली देश इण्डोनियाको सरकार ७१ अंक प्राप्त गरी सबैभन्दा बढी जनताको विश्वास जित्ने दोस्रो देश बनेको छ भने ६८ अंक प्राप्त गरेको भारत तेस्रो स्थानमा कायम छ। भारतको सरकार गत वर्ष ७२ अंकसहित शीर्ष स्थानमा थियो। रिपोर्टबाट भारतमा नरेन्द्र मोदी सरकारको लोकप्रियता घटेको देखिएको छ।

सरकारमाथि जनताको भरोसा सम्बन्धि रिपोर्टमा यूएई ६६ अंकसहित चौथो स्थानमा छ भने सिंगापुर ५८ अंकसहित ५औं स्थानमा छ।

रिपोर्टमा अमेरिकाको सरकारमाथि जनताको विश्वास ९ अंकले घटेको छ। इटालीको ५ अंकले घटेको रिपोर्टमा उल्लेख छ। रिपोर्टमा नेपालको सरकारबारे भने केही उल्लेख गरिएको छैन्।

प्रकाशित: १५ माघ २०७४ १०:१८ सोमबार

भारतलाई उछिन्दै चीन पहिलो नम्बरमा