७ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

टर्कीको आक्रमणपछि कुर्द प्रशासनले सिरियालाई गुहार्यो

अफ्रिन (सिरिया)– टर्कीले लगातार आक्रामक कारवाही जारी राखेपछि सिरियाको उत्तरमा रहेको अफ्रिन क्षेत्रको कुर्द प्रशासनले सिमा सुरक्षाको रक्षा गर्न सिरियाली फौजलाई गुहारेको छ । 

कुर्द बाहुल्य क्षेत्र अफ्रिनको भूमिमाथि कब्जा गर्न टर्कीले कारवाही जारी राखेको अफ्रिन अधिकारीले बताएका छन् । टर्कीले शनिवार देखि अफ्रिन क्षेत्रमा आक्रमण गरेको छ ।

टर्किको सरकारी सञ्चार सस्था अङकाराले अफ्रिन क्षेत्रमा लडिरहेका कुर्दिसहरु आतंककारी भएको र उनीहरुको एउटा जत्थाले टर्कीमा राजनीतिक संघर्ष गर्दै आएको जनाएको छ । 

टर्की, इराक, सिरिया तथा अफ्रिनको सिमाक्षेत्रका पहाडहरुमा झण्डै ३५ लाख कुर्द समुदायको बसोवास छ । मध्यपूर्वमा आफ्नो अस्तित्व पाँचौ स्थानमा रहेको बताउने यो समुदायलाई कुनैपनि देशले आफ्नो नागरिक मानेका छैनन्। टर्कीले आफ्नो सिमानाबाट कुर्द लडाकुलाई हटाउन खोज्दा यसले युद्धको रुप लिएको हो । कुर्द लडाकुको सहयोग रहेको ठानिएको टर्कीको कुर्दिस्थान लेवर पार्टीलाई टर्कीले प्रतिबन्ध लगाएको छ । 

यसैबीच टर्की सिरिया लडाईमा टर्कीलाई सहयोग नगर्ने जर्मनीले निर्णय गरेको छ । 

युद्धमा अमेरिकाले कुदिर्स लडाकुलााई अप्रत्यक्ष समर्थन गरेको छ । सिरियामा चलिरहेको आइएस जिहादिसँगको लडाइमा कुर्दिस लडाकुको सहयाोगलाई उसले आफ्नो हितमा राखेको छ । 

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटमार्फत टर्कीको आक्रमणले शरणार्थी समस्यालाई अझ बढावा दिइरहेको बताएका छन् । 

 

प्रकाशित: १२ माघ २०७४ ०६:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App