६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतद्वारा अग्नी–पाँचौं ब्यालिस्टक क्षेप्यास्त्रको सफल परीक्षण

नयाँ दिल्ली – भारतले बिहीबार अग्नी–पाँचौँ नामक अन्तर्महादेशीय ब्यालिस्टक क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ। उक्त क्षेप्यास्त्रको प्रहार क्षमता पाँच हजार किलोमिटर भन्दा बढी रहेको बताइएको छ।

‘भारतको पूर्वी राज्य उडिसास्थित सामुद्रिक क्षेत्रबाट अग्नी–पाँचौँको सफल परीक्षण भएको छ,’ भारतीय रक्षा मन्त्री निर्मला सितारमणलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले बताएका छन्।

अग्नी पाँचौँको परीक्षणसँगै भारतले रणनीतिक प्रतिरक्षा कमाण्डमा अर्को कोशेढुङ्गा थपिएको बताइएको छ। छोटो दुरीका क्षेप्यास्त्र ‘पृथ्वी’, ‘धनुष’बाहेक भारतले लामो दुरी प्रहार गर्नसक्ने ‘अग्नी–प्रथम’, ‘अग्नी –द्वित्तीय,’ र ‘अग्नी–तृत्तीय’ को सफल परीक्षण गरिसकेको छ।

प्रकाशित: ४ माघ २०७४ १५:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App