१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पपुवा न्यू गिनीमा ज्वालामुखी विस्फोट

पपुवा न्युगिनी – कैयौं सक्रिय ज्वालामुखीहरू रहेको पपुवा न्यू गिनीमा आइतबार फेरि शक्तिशाली ज्वालामुखी निस्किएको खबर छ।

वैज्ञानिकहरूले यहाँको ज्वालामुखीबाट ठूलो परिमाणमा विषाक्त सल्फर डाइअक्साइड निस्केको बताएपछि उक्त क्षेत्र वरपरका वासिन्दालाई त्यहाँबाट हटाएर सुरक्षितस्थलतर्फ लगिएको बताइएको छ।

यहाँको ज्वालामुखी लामो समयसम्म शान्त रहेको बताइएको थियो। तर आइतबार एक ज्वालामुखी अकस्मात विस्फोट हुन थालेपछि यहाँका टापूहरुबाट करिब १५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

रेडक्रसले जनाएअनुसार उक्त ज्वालामुखी यहाँको कादोभार टापूबाटा निस्किएको हो। गएको करिब एक सातादेखि धुँवा र खरानी बाहिर निस्कन थालेको थियो। तर आइतबार विस्फोट नै भएको छ।

अहिले पनि ज्वालामुखी विस्फोट हुने क्रम तीव्र भएको छ। त्यसैले यहाँ रहेका बासिन्दालाई अन्यत्र सारिएको छ भने अझै वरपरका कैयाँ नागरिकलाई पनि प्रमुख द्वीपतर्फ लैजानुपर्ने भएको अधिकारीहरुले जनाएका छन्।

प्रकाशित: १ माघ २०७४ १५:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App