लाइबेरिया – पूर्व फुटबलर जर्ज वेह अफ्रिकी मुलुक लाईबेरियाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
मंगलबार भएको चुनावमा ५१ वर्षिया जर्ज ६१.५ प्रतिशत मत ल्याउदै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
उनले करिब ६१.५ प्रतिशत मत ल्याउँदै जोसेफ बोकइलाई राष्ट्रपतिमा निर्वाचित हुन सफल भएका हुन् ।
लाइबेरियाको निर्वाचन आयोगले बिहीबार अन्तिम मत परिणामको सार्वजनिक गर्दै वेह राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको थियो ।
सन् २००३ मा १८ बर्षको फुटबल करियर अन्त्य गर्नुअघि जर्जले इङ्लिस क्लवहरु चेल्सी, म्यान्चेस्टर सिटी इटालियन क्लव एसी मिलान र फ्रेन्सक्लव पेरिस सेन्ट जर्मेनलगायतका क्लबबाट व्यावसायिक रूपमा फुटबल खेलेका थिए ।
जर्ज फिफा वल्र्ड प्लेयर अफ द ईयर र बालुन डे ओर दुबै उपाधि जित्ने एकमात्र अफ्रिकन फुटबलर हुन् ।
प्रकाशित: १४ पुस २०७४ ०७:१० शुक्रबार