१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

७० प्रतिशत अमेरिकी युवा वैकल्पिक दल चाहन्छन्

वासिङ्टन –अमेरिकाको करिब ७० प्रतिशत युवाले हाल संयुक्त राज्य अमेरिकामा रहेका दुई राजनीतिक दललाई मन नपराएको र अर्काे दल चाहेको सर्वेक्षणले देखाएको छ । 

एनबिसी न्युजले गरेको उक्त सर्वेक्षणकाअनुसार अमेरिकामा हाल रहेका डेमोक्र्याट र रिपब्लिकनभन्दा अर्कै दल चाहेको उनीहरुले बताएका थिए । 

ती दुई राजनीतिक दलले अमेरिकामा राम्रो काम गर्न नसकेको गुनासो उनीहरुको छ । त्यसैले उनीहरुले यी दुईको सट्टामा अर्काे राम्रो काम गर्ने दल चाहेको बताएका हुन्। 

हालै गरिएको सो सर्वेक्षणमा अमेरिकी नागरिकको यस्तो धारणा बाहिर आएको बताइएको छ । उक्त सर्वेक्षणमा सहभागी भएकामध्येका ६० प्रतिशत युवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरिरहेको कार्यसम्पादनको विरोध गरेका छन् । 

उनीहरुले राष्ट्रपति ट्रम्पको कार्यशैली नरुचाएको र उनले जारी राखेका काम जनताले मन पराउने खालका नरहेको पनि बताएका छन् । सर्वेक्षणमा सहभागी करिब ६५ प्रतिशत युवाले संयुक्त राज्य अमेरिका हाल सबै राजनीतिक विषयहरुमा गलत दिशातर्फ उन्मुख भइरहेको जनाएका छन् ।

उक्त सर्वेक्षणका अधिकांश सहभागीले अमेरिकामा राजनीतिक दलले जनताको वास्ता नगर्ने गरेको जनाएका छन् । त्यसैले उनीहरुले हालका दुई दलभन्दा अर्कै राजनीतिक दल चाहेको बताएका छन् ।

राष्ट्रियरुपमा नै प्रतिनिधित्व हुनेगरी उक्त सर्वेक्षणमा विभिन्न जात जाति, वर्ग र क्षेत्रका आधारमा नागरिकलाई संलग्न गराइएको थियो । 

उक्त सर्वेक्षण गत अक्टोबर २६ देखि नोभेम्बर १० सम्म गरिएको थियो । विभिन्न क्षेत्र, वर्ग र समुदायका गरी एक हजार आठ सय ७६ जना १८ वर्षदेखि ३४ वर्ष उमेर समूहका युवालाई सो सर्वेक्षणमा सहभागी गराइएको थियो।

प्रकाशित: १५ मंसिर २०७४ ०४:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App