१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतीय पत्रकार लंकेशको गोली हानी हत्या

नयाँ दिल्ली – भारतकी वरिष्ठ महिला पत्रकार गौरी लंकेशको गोली हानी हत्या गरिएको छ। 

५५ वर्षीया उनको मंगलबार साँझ आफ्नै घरबाहिर टाउको र छातीमा गोली हानी  हत्या गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  ३ जनाको समूहमा मोटरसाइकलमा आएका हत्याराहरू उनलाई गोली हानी फरार भएका थिए।

विगत ४० वर्ष देखि सक्रिय पत्रकारिता गर्दै आएकी उनको हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनी लंकेश पत्रिकाको   सञ्चालक हुन्। उनी कवि तथा  पत्रकार पी लंकेशकी छोरी हुन्। आफ्ना पिताको प्रेरणाबाट नै पत्रकारिताको सुरूवात गरेकी उनी भारतीय सञ्चार जगतमा एक निर्भिक तथा निडर महिला पत्रकारको रूपमा चिनिन्छिन् । उनको हत्याकोे भत्सर्ना गर्दै भारतीय सञ्चार माध्यमहरूले यो एक पत्रकारको हत्या नभई प्रजातान्त्रिक मूल्यमान्यता तथा स्वतन्त्र प्रेसको प्रत्याभूतिको हत्या भनेका छन्। 

उनी दक्षिण पन्थी विचारधारका आलोचक भएकाले पछिल्लो समय दक्षिण पन्थी विचारधाराबाट प्रभावितहरूले उनलाई धेरै धम्की दिने गरेको खुलेको छ। 

प्रकाशित: २१ भाद्र २०७४ ०६:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App