१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा दक्षिण कोरियाको समुद्र नजिकै मिसाइल आक्रमण

दक्षिण कोरियाले, उत्तर कोरियाले आफ्नो दक्षिणी तट नजिकै मिसाइल आक्रमण गरेको दाबी गरेको छ।  

दक्षिण कोरियाका ज्वाइन्ट चीफ अफ स्टाफका अनुसार उत्तर कोरियाले येलो सी नजिकै आज बिहान मिसाइल आक्रमण गरेको हो। बीबीसीका अनुसार ज्वाइन्ट चीफले यस विषयमा थप जानकारी भने दिएका छैनन् ।  

‘हामीले अमेरिकासँग मिलेर थप निगरानी र सुरक्षा गतिविधि बढाइदिएको र अमेरिकासँग निरन्तर सम्पर्कमा रहेका छौं’ उनले भने।  

केहीदिन अघि उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको साझा सैन्य अभ्यासको जवाफमा पनि समुद्रमा दुईवटा ब्यालेस्टिक मिसाइल आक्रमण गरेको थियो।  

प्रकाशित: १६ भाद्र २०८० ०६:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App