१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतको मणिपुर हिंसामा ४ महिनामा १ सय ६० जनाको मृत्यु

भारतको मणिपुर राज्यमा जारी हिंसामा हालसम्म १ सय ६० जनाभन्दा बढीको मृत्यु भएको छ ।  

गत ३ मे बाट मणिपुरमा दुई समुदायबीचको विवादका कारण हिंसा सुरु भएको थियो । पछिल्लो ४ महिनाको अवधिमा १ सय ६० जनाभन्दा बढीको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् ।

बीबीसीका अनुसार अझैपनि मणिपुरमा अवस्था सामान्य हुन सकेको छैन ।  

यसैबीच मणिपुरमा आजबाट विधानसभा सत्र शुरु हुँदैछ । हिंसा शुरु भएपछि पहिलोपटक मणिपुरमा विधानसभा सत्र शुरु हुन लागेको हो । तर, सत्रमा सांसदहरूले प्रश्न भने गर्न पाउने छैनन् ।

विधानसभा सत्रमा सुरक्षाको कारण देखाउँदै १० कुकी समुदायका सांसदहरूले सहभागि नहुने निर्णय गरेका छन् ।

मणिपुरमा कुकी र मैतेयी समुदायकाबीच जारी हिंसा अन्त्यका लागि गरिएका सबै प्रयास असफल भएका छन् ।  

मणिपुरमा हाल बसोबास गर्दै आएको ईसाई धर्म मान्ने कुकी समुदायलाई भारतको स्वतन्त्रता पछि अनुसूचित जनजातिको सूचीमा राखियो भने मैतेयी हिन्दु धर्म मान्ने र उनसलाई अनुसूचित जाति, ईडब्ल्यूएस र सामान्य वर्ग भनेर भनियो ।

मैतेयी समुदाय कुकी–बाहुल्यता रहेको क्षेत्रमा जग्गा खरिद गर्न सक्दैनन् र जनजातिको पनि सूचीमा समावेश हुन चाहनु साथै सरकारी जागिरमा पनि समावेश हुन चाहनु नै दुई समुदायबीच झगडाको मुख्य कारण हो ।  

प्रकाशित: १२ भाद्र २०८० ०९:०४ मंगलबार

मणिपुर भारत विधानसभा सत्र कुकी मैतेयी समुदाय