प्योङयाङ– उत्तर कोरियाली शासक किम जोन उनले अमेरिका माथि तत्कालै हमला नगर्ने बताएका छन् ।
उत्तर कोरियाले लामो समयदेखि अमेरिकी सैनिक अखडा गुआमलाई निशाना बनाई हमला गर्ने योजना बनाएपनि नेता उनले उक्त योजना तत्कालैका लागि स्थगित गरिएको बताए ।
उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएका अनुसार नेता उनले सैन्य क्षेत्रका वरिष्ठ अधिकारीहरूसँग व्यापक छलफल पश्चात् तत्कालै अमेरिका माथि हमला नगर्ने बताएका हुन् ।
उत्तर कोरियाली सेनाले अगस्ट महिना भित्र नै अमेरिका हमला गर्ने योजना बनाएकोमा यसलाई फिर्ता लिएको हो । नेता उनले यसबारे सैन्य क्षेत्रका उच्च अधिकारीहरूसँगको व्यापक छलफल गरी अमेरिकी गतिविधिहरूको निगरानीमा उत्तर कोरिया रहेका बताएका छन् । यद्यपि उत्तर कोरियाली सेना भने अमेरिकी सैनिक अखडा गुआम हमलाका लागि तयार रहेको समाचार एजेन्सी केसीएनएमा उल्लेख छ ।
गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले उत्तर कोरियामाथि विश्व नै हल्लाउने हमला गर्ने बताएका थिए । ट्रम्पको उक्त अभिव्यक्तिको केही दिन पछि मात्रै रक्षा मन्त्री जेम्स् म्याटिसले भने अमेरिका अझै पनि कुटनीतिक समाधानको पक्षको रहेको बताएका थिए ।
मंगलबार उत्तर कोरियाले स्वतन्त्रता दिवस मनाएको थियो त्यस अवसरमा उत्तर कोरियाली नेता उनले तत्कालै अमेरिकामाथि हमला नगर्ने योजना सार्वजनिक गरेका थिए ।
प्रकाशित: ३२ श्रावण २०७४ ११:१३ बुधबार