६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अब अविवाहित महिला मात्र ट्राफिक प्रहरी

एजेन्सी –  उत्तर कोरियाली सरकारले ट्राफिक प्रहरीको छनौटका लागि सुन्दर युवतीहरू मात्र प्राथमिकता दिने भएको छ । 

पर्यटकहरूको संख्यामा वृद्वि गर्नका लागि उत्तर कोरियाली सरकारले ट्राफिक प्रहरीका रूपमा सुन्दर युवतीहरूलाई मात्र समावेश गराउने भएको हो ।

ट्राफिक पेशाका कार्यरत्त महिलाहरूको २६ वर्षमा अवकाश हुने छ  । तर विवाहित महिलाहरू भने ट्राफिक प्रहरी पेशामा आबद्व हुन पाइने छैन । विवाह पश्चात् महिलाहरूमा घर परिवार प्रतिको जिम्मेवारी बढ्ने भएकाले अविवाहितहरू मात्र यस पेशामा प्रवेश गर्न पाइने नियम बनाइएको हो । 

पुरुष ट्राफिक प्रहरीहरूको भने उमेरको हदबन्दी लगाइएको छैन । जागिर अवधि भर उनीहरूलाई विवाह गर्नमा बन्देज लगाइएको छ । कसैले नियम विपरित जागिरमा संलग्न समयमा नै विवाह गरेका त्यस्तालाई जागिरबाट नै बर्खास्त गराइने नियम रहको छ । 
उत्तर कोरियामा युवतीहरूका लागि विवाह योग्य उमेर २६ वर्ष पुरा हुनुपर्ने प्रावधान भएकाले २६ वर्षमा उक्त जागिरबाट अवकाश पाइने नियम लागु गरिएको हो । महिला ट्राफिकहरू पनि पुरूष सरह कडा अभ्यास गर्नु आवश्यक रहेको छ । 

उत्तर कोरियाको हुलाक टिकटमा समेत सुन्दर युवतीको तस्विर राखिएको हुन्छ । 

प्रकाशित: १ असार २०७४ १०:३४ बिहीबार

अब अविवाहित महिला मात्र ट्राफिक प्रहरी