६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियाले पुन गर्याे क्षेप्यास्त्र परीक्षण

उत्तर कोरिया –  उत्तर कोरियाले बिहीबार बिहानै सफल रुपमा क्षेप्यास्त्रको परीक्षण गरेको छ । अन्तर्राष्ट्रिय प्रतिबन्ध तथा दबाबलाई वेवास्ता गरेर दक्षिण कोरियालाई लक्षित गर्दै उसले क्षेप्यास्त्र परीक्षण गरेको हो ।

उत्तर कोरियाले पछिल्लो ५ साता भित्र ४ क्षेप्यास्त्रको सफल परीक्षण गरिसकेको छ ।  

गत साता अमेरिकाले जमिनबाट आक्रमण गर्न सकिने क्षमताको क्षेप्यास्त्र परीक्षण गरेको थियो । अमेरिकाको क्यालिफोर्नियामा स्थित एक  हवाई अखडाबाट उक्त मिसाईल परीक्षण गरिएको अमेरिकाकी मिसाईल परीक्षण केन्द्र एमडीएले जनाएको थियो । अमेरिकाको यस कार्य प्रति आक्रोशित बनेको उत्तर कोरियाले पुन क्षेप्यास्त्र परीक्षण गरेको हो ।  

उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको मान्यता विपरित  मिसाइल परीक्षणलाई निरन्तरता दिइरहदाँ विश्व शान्तिमा बाधा पुगेको अमेरिकी रक्षा मन्त्रालय तर्क छ ।

 एमडीए प्रमुख जिम साइरिङका अनुसार मिसाईल परीक्षण नै उत्तर कोरियालाई चेतावनी दिने  एक प्रभावकारी उपाय भएको बताएका छन् । 

 उत्तर कोरियाले गरिरहेको र आगामी दिनहरुका गर्न सक्ने मिसाईल परीक्षणको प्रतिउत्तरका लागि अमेरिकाले उक्त  मिसाईल परीक्षण गरेको  एमडीएले बताएको थियो  ।उक्त  परीक्षणले अमेरिका प्रतिरक्षाको लागि सक्षम र विश्वसनीय रहेको जवाफ उत्तर कोरियाले पाएको अमेरिकी रक्षा मन्त्रालयको दाबी थियो । 
परीक्षण गरिएको मिसाईललाई प्रशान्त महासागरको मार्शल आइल्याण्डमा खसालिएको जानकारी दिदै एमडीएले एक वक्तव्य जारी गरेको थियो ।

प्रकाशित: २५ जेष्ठ २०७४ ११:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App