१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फोहोरमैला पुरिएर मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो

कोलम्बो- श्रीलङ्काको राजधानी कोलम्बोमा फोहोरमैला पुरिएर मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ।
घटनामा परी मृत्युहुनेको सङ्ख्या आइतबारसम्म २१ पुगेको स्थानीय प्रहरी अधिकारीले सोमबार जानकारी दिएका छन्।
फोहोरमा पुरिएकालाई उद्धार गर्न सयौं सुरक्षाकर्मीले तैनाथ भएका छन्। गत शुक्रबार ९० मिटर अग्ला बाँध भत्किएपछि आएको फोहोर सहितको बाढीको कारण २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १४५ वटा घर क्षतिग्रस्त बनाएको छ ।
“घटनास्थलमा निकै तिव्रताका साथ उद्धार तथा सहयोगको प्रयास गरिएको छ,” एक जना उच्च प्रहरी अधिकारीले भने, “यस्तो जटिल अवस्थामा पुरिएका मध्ये कोहीपनि जिवितै होला भन्ने कल्पना गर्न धेरै गाह्रो छ।”
राजधानीदेखि उत्तरपूर्वी क्षेत्रमा पर्ने कोलोन्नावामा आएको शुक्रबारको प्रकोपमा परी एक जना महिला र तीन जना पुरुष हराइरहेको खवर आएको पनि उनले बताए।

कोलम्बो नेसनल हस्पिटलले मृत्यु भएका २१ जनामध्ये ११ देखि १५ वर्ष उमेर समुहका चार जना बालबालिका रहेको जनाएको छ। अस्पतालका प्रवक्ता पुष्प सोयसाले हराइरहेकाको अहिले पनि खोजी भइरहेको बताए। रासस/एएफपी

 

प्रकाशित: ३ वैशाख २०७४ ११:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App