७ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पहिलो डेटिङमै प्रेमिकाको पर्स गायब, प्रेमी पक्राउ

एरिजोना (एजेन्सी)–अमेरिकाको एरिजोना राज्यस्थित फिनिक्स सहरमा एउटा रोचक घटना भएको छ। लामो समय अनलाईनमा गफिएपछि एक पुरुष र महिलाले भेट्ने निर्णय गरे तर अचम्म के भयो भने पहिलो डेटिङमा नै उक्त मानिसले महिलाको पर्स चोरे। पर्स चोरेको आरोपमा प्रहरीले उक्त मानिसलाई प्रक्राउ गरेपछि घटना सार्वजनिक भएको हो।

प्रहरीका अनुसार हर्लोले पीडितको क्रेडिट कार्ड क्यासिनो लगेर विभिन्न बैंकबाट पैसा झिक्न प्रयास गरेका थिए।

प्रहरीका अनुसार ३८ वर्षे डेभिड हार्लो नाम गरेका ती मानिसले अनलाईन डेटिङ साइटबाट उक्त महिलालाई भेटेका थिए। दुवैबीच कयौं हप्ताको गफपछि फिनिक्समा रहेको एक रिर्सोटमा भेटेका थिए।  

डेटिङका बेला नाम नखुलाइएको ती महिला शौचालय गएको बेला उनले हार्लोलाई आफ्ना सामाग्री हेर्न भनेकी थिइन्। तर जब उनी शौचालयबाट फिर्ता आइन् हर्लो र उनको पर्स बेपत्ता थियो।

प्रहरीका अनुसार हर्लोले पीडितको क्रेडिट कार्ड क्यासिनो लगेर विभिन्न बैंकबाट पैसा झिक्न प्रयास गरेका थिए। प्रहरीले हर्लोलाई झुक्काएर चोरी गरेको, क्रेडिट कार्ड तथा अर्को मानिसको परिचय प्रयोग गरेको आरोपमा जेल परिचालन गरेको बताएको छ। हर्लोले कानून व्यवसायी राखेको वा नराखेको भन्ने विषय अझैपनि अस्पष्ट रहेको समाचार एजेन्सी एएफपीले जनाएको छ।

प्रकाशित: ३ वैशाख २०७४ ०५:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App