२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

शान्तिका लागि कम्बोडियाली प्रधानमन्त्रीको आग्रह

नोम्पेन्ह – कम्बोडियाका प्रधानमन्त्रीले शान्ति स्थापनाको आफ्नो प्राथमिकताको कार्यमा सहयोग गर्न सबैसँग आग्रह गरेका छन्। 

उनले शान्ति स्थापनापछि मात्र देशको विकासले गति दिने भन्दै यसका लागि सबैको सहयोगको अपेक्षा गरेको बताएका हुन् । 

उनले आफूले देशमा शान्ति स्थापनाको अभियान थालेको भन्दै यस अभियानलाई साकार बनाउने कार्यमा सहयोग पुर्याउन सबै नागरिकसँग आग्रह गरेको बताइएको छ । 

कम्बोडियामा आगामी जुन महिनामा कम्युनको निर्वाचन हुन लागेको छ । त्यसैगरी अर्को वर्षको जुलाई महिनामा देशमा आम निर्वाचनको प्रक्रियाको पनि सुरुवात भइसकेकाले देशमा शान्तिपूर्ण राजनीतिक अवस्थाको खाँचो रहेको उनले बताए । 

देशमा किमिसका क्रियाकलापलाई गति दिन तथा आगामी वर्ष दिनभित्रमा देशमा कम्युन तथा केन्द्रीय संसद्कै निर्वाचन हुन लागेकाले यस प्रयोजनका लागि देशमा शान्तिको आवश्यकता रहेको पनि उनले बताए। 

कम्बोडियमा नयाँ वर्षको एक विशेष कार्यक्रमलाई देशको उत्तरपश्चिमी क्षेत्रीय प्रान्त आंकोरमा शुक्रबार सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् । 

उनले भने, देशमा शान्तिपूर्ण अवस्थालाई कायम राख्ने कार्यमा मलाई सम्पूर्ण देशवासीले सहयोग दिनेछन् भन्ने मलाई विश्वास लागेको छ । म यसै कार्यक्रममार्फत सबै देशवासीलाई देशमा शान्तिको प्रवद्र्धन हुने मात्र कार्य गर्न पनि आग्रह गर्दछु । 

सो क्षेत्रमा शनिबार बिहान हजारौँ नागरिक उपस्थित भएका थिए । सो उपस्थिति सन् १९९८ भन्दा यता पहिलो पटक भएको हो । कम्बोडियामा सशस्त्र द्वन्द्व रहेको छ । 

कम्बोडियाले सो विद्रोहको समाधानका लागि शान्तिपूर्ण रुपमा वार्ताको प्रयास गरिरहेको छ । यसका साथमा सो देशमा दुई प्रमुख निर्वाचन निकट भविश्यमै गरिने घोषणा गरिएको छ । रासस/सिन्ह्वा 

प्रकाशित: १ वैशाख २०७४ ०९:२५ शुक्रबार

शान्तिका लागि कम्बोडियाली प्रधानमन्त्रीको आग्रह