२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्रिकेटर जडेजा सवार कारको ठक्करबाट युवती घाइते

गुजरात— भारतीय क्रिकेटर रविन्द्र जडेजाले चलाइरहेको अडी कारले एक स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार युवती घाइते भएकी छिन्। घटना हुँदा कारभित्र रविन्द्र आफ्नी श्रीमती सहित सवार थिए। घाइते युवतीलाई तत्कालै उनले अस्पताल पुर्‍याएका थिए।

घटना गुजरातको जामनगरमा भएको हो। पार्क कोलनी सोसाइटीबाट रविन्द्र जडेजा आफ्नी पत्नी रीवालाई लिएर निस्कँदै थिए। त्यति बेलै दुर्घटना भएको प्रहरीले जनाएको छ। आफ्नो अगाडि स्कुटर लडेको देख्नासाथ जडेजाले एम्बुलेन्सलाई फोन गरेका थिए। उनले एम्बुलेन्समा राखेर आफैँ युवतीलाई अस्पताल पुर्‍याएको प्रत्यक्षीदर्शीले बताएका छन्।

जडेजाको कारले ठक्कर दिएकी युवती त्रिती शर्मा रहेको जामनगर जिल्ला प्रहरीले जनाएको छ। 

 

प्रकाशित: १५ माघ २०७३ १३:०१ शनिबार

क्रिकेटर जडेजा सवार कारको ठक्करबाट युवती घाइते