६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्लिन्टन कि ट्रम्प ? मतदान गर्दै अमेरिकाली

वासिङटन–अथक, कठोर र कतिपय नैतिकताविहीन गतिविधिसँगै दुई वर्षयता चलेको चुनावी अभियानपछि अन्ततः अमेरिकालीले नयाँ अमेरिकी राष्ट्रपति छान्न मंगलबार मतदान गरेका छन् । मतदानले अमेरिकी इतिहासमा कि त पहिलो महिला राष्ट्रपति निर्वाचित गर्नेछ कि प्रसिद्ध खर्बपति व्यापारीलाई क्यापिटल हिल प्रवेश गराउनेछ । अमेरिका नै भए पनि पहिले सूर्योदय हुने पूर्वी तटीय क्षेत्रका नौ राज्यमा बाँकी राज्यभन्दा निकै अगाडि मतदान सुरु भयो । अन्य राज्यमा पनि मतदान सुरु भइसकेको छ ।

अमेरिकाको राष्ट्रपति निर्वाचनले जति विश्वको ध्यान संसारका कुनै पनि देशमा हुने निर्वाचनले तान्दैन । यस पटकको निर्वाचनको विजेता ग्रीनबिच समयअनुसार बुधबार ३ बजेसम्म घोषणा हुने अपेक्षा गरिएको छ । अमेरिकी निर्वाचनबारे सर्वेक्षण गरेका संघसंस्थाले हिलारी क्लिन्टनलाई झिनो मतले बहुमत आउने देखाएका छन् । यद्यपि अमेरिकी निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पको पराजय नै हुनेछ भन्नेमा पछिल्लो समय ट्रम्प पक्षमा आएको उभारले गर्दा यसै भन्न सक्ने अवस्था नरहेको विश्लेषकको भनाई छ ।

६९ वर्षीया पूर्व विदेशमन्त्री तथा सिनेटरलाई थुप्रै सङ्गीतकर्मी तथा वर्तमान अमेरिकी राष्ट्रपतिसमेतको आशिर्वाद रहेको छ । उहाँहरूले अमेरिकीहरूबीच एकता कायम गर्दै आसावादी, समावेशी, ठूलो हृदययुक्त अमेरिकाका लागि क्लिन्टनलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

यसैबीच ट्रम्पले अमेरिकी मतदातालाई अमेरिका पछिल्लो समय विश्वव्यापीकरण र सामाजिक परिवर्तनका मुद्दाहरूमा विस्तारै पछाडि पर्न थालेको भन्दै अमेरिकीहरूले आफूलाई सधैँ पहिला बनाउन आफूलाई मतदान गर्नुपर्ने बताउनुभएको छ ।बिहान पहिले निर्वाचन सुरु भएका राज्यका करिब चार करोड मतदाताले मतदान गरिसक्दा सर्वेक्षण समूहले डेमोक्रेटिक पार्टीका उम्मेदवार झिनो मत अन्तरकासाथ अघि भएको जनाएका छन् ।

न्यु ह्याम्पसायरको सानो डिक्सभिल नोचमा ‘मिडनाइट भोट’ मा गरिएको सर्वेक्षणमा प्रत्येक आठ मतदातामा चार मत क्लिन्टन, दुई मत ट्रम्पको पक्षमा र दुई मत साना उम्मेदवार तथा मिट रोमीलाई गएको थियो । पछिल्लो सर्वेक्षण संस्था रियलक्लियर पोलिटिक्सले क्लिन्टनलाई ३.३ प्रतिशत नम्बरले नेतृत्व गरेको देखाएको छ । तर ट्रम्पले निर्वाचन जित्न फाइदा लिनुपर्ने भनी विश्लेषण गरिएका कतिपय राज्यमा ट्रम्पको अवस्था सुधारात्मक रहेको पनि पछिल्ला सर्वेक्षणमा देखिएको छ ।

ट्रम्पले भ्रष्ट वासिङटन प्रशासन र अभिजात सञ्चारमाध्यमले निर्वाचनमा धोखा दिन खोजिरहेको भन्दै गत महिना एक भाषणमा मतदान स्वच्छ नभई आफ्नो हार भएमा यसबाट आफू अचम्मित नहुने भनी प्रतिक्रिया दिए। उनले केही कानुन व्यवसायी महिलाहरूले आफ्नो अभियानमा बाधा पु¥याउन महिलामाथि यौन हिंसा वा दुव्र्यवहार गरेको भनी अफवाह फैलाएको भनी आरोप लगाए ।

क्लिन्टनले भने थप आसावादी दृष्टिकोण प्रस्तुत गरिन। उनले आफूमाथि इमेल चुहावटलगायतका आरोपमा अधिकार प्राप्त संस्था एफबीआईले नियमपूर्वक छानबिन गर्न चुनौती दिइन्। छानबिनले निर्वाचनको पूर्वसन्ध्यामा आएर क्लिन्टन दोषी नभएको ठहर ग¥यो ।
निर्वाचन प्रचारप्रसार बन्द हुनुपूर्व एक रेडियो अन्तरवार्तामा क्लिन्टनले अमेरिकी जनताले आफ्नो समयको परीक्षालाई सामना गर्ने बेला आएको बताउँदै निर्वाचनमार्फत् अमेरिकी जनताले एकता वा फुट, सबैका लागि अर्थतन्त्र वा शालिन वर्गका लागि मात्रै तथा बलियो र स्थिर नेतृत्व छान्ने वा कमजोर बन्दुकलाई रोज्ने जसले अमेरिकी जनतालाई जोखिमको जीवन जीउन बाध्य पार्नेछ ।
दुई सशक्त उम्मेदवारबीचको बहसबाट अमेरिकी जनताले योग्य, कर्मठ तथा दूरदृष्टि भएको नेता छान्नु पर्नेछ, यो समय अब धेर टाढा छैन । नतिजा छिट्टै आउनेछ ।
मङ्गलबार हुने निर्वाचनमा अमेरिकी मतदाताले नयाँ राष्ट्रपति, १०० सिनेट सदस्यमध्ये ३४ सदस्य तथा ४३५ सदस्यको प्रतिनिधि सभाको निर्णय मतदानमार्फत गर्नेछन् । रासस

 

प्रकाशित: २४ कार्तिक २०७३ ०१:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App