७ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानको फायरिङमा तीन भारतीय सैनिकको मृत्यु

कस्मिर— पाकिस्तानले युद्धविराम तोड्दै फायरिङ गर्दा भारतीय सेनाका तीन जवानको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमहरुले जम्मु र कस्मिरको सीमामा भएका फायरिङमा दुई सर्वसाधारण घाइते भएको जनाएका छन्। रजौरी सेक्टरमा भएको आक्रमणमा अर्का एक भारतीय सैनिकले ज्यान गुमाएका छन्। त्यहाँ भएको फायरिङमा २ भारतीय सैनिक घाइते भएका छन्।

पुन्छ जिल्लाको कृष्णा घाँटी सेक्टरमा लाइन अफ कन्ट्रोलस्थित भारतीय सुरक्षा फौज रहेको ब्यारेकमा पाकिस्तानी सेनाले रोँकिँदै रोकिँदै आक्रमण गरेको हो। रजौरी सेक्टरमा भएको आक्रमणमा अर्का एक सैनिकको मृत्यु भएको छ।

भारतीय सेनाको जवाफी आक्रमणमा पाकिस्तानी सेनातर्फ क्षति पुगेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। रद पाकिस्तान र भारतबीच सम्बन्ध बिग्रँदै गएको स्थितिलाई लिएर

 

 

प्रकाशित: २१ कार्तिक २०७३ १४:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App