७ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बनारसमा भागदाैड मच्चिँदा कम्तीमा १८ जनाकाे मृत्यु

वाराणसीको राजघाट पुल नजिक भागदौड मच्चिदा कम्तीमा १८ जनाएको मृत्यु भएको छ । पडाव डुमरिया भन्ने स्थानमा जयगुरुव देवको धार्मिक समागममा भागदौड मच्चिएको बीबीसीले जनाएको छ । हजारौं भक्तालुहरुको उपस्थिति रहेको भागदौडमा कति संख्यामा घाइते भएको भन्ने एकीन नभएको अधिकारीहरुले जनाएका छन् । 

वाराणसीका सिएमओ वीवी सिंहले १८ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । मृत्युको संख्या बढ्नसक्ने उनले बताए । घाइतेहरुको उपचार रामनगरस्थित लालबहादुर शास्त्री अस्पताल, बीएचयु ट्रमा सेन्टरमा भइरहेका बताइएको छ ।

प्रकाशित: २९ आश्विन २०७३ १०:३७ शनिबार

बनारसमा भागदाैड मच्चिँदा कम्तीमा १८ जनाकाे मृत्यु