२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतको सर्जिकल स्ट्राइक्समा राष्ट्रसंघको आपत्ति

वासिङटन–भारतले पाकिस्तानमाथि गरेको सर्जिकल स्ट्राइक्समा संयुक्त राष्ट्रसंघले आपत्ति जनाएको छ। संयुक्त राष्ट्रसंघका महासचिव वानकी मुनका प्रवक्ता स्टीफान दुजारिकले भारतले पाकिस्तानमाथि गरेको सर्जिकल स्ट्राइक्स गलत भएको बताए। 

दुजारिकले भने, ‘संयुक्त राष्ट्रसंघको सुरक्षा बैटकले भारतले पाकिस्तानमाथि गरेको सर्जिकल स्ट्राइक्स गलत र गम्भिर रुपमा लिएको छ, राष्ट्रसंघले यसको अनुसन्धान गरिरहेको छ।’ उनले राष्ट्रसंघले भारत र पाकिस्तानबीच सन् १९७१ मा भएको युद्ध विराम सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि कसले उल्लंघन गर्यो भनेर अनुसन्धान गरिरहेको बताए।

भारतले बिहीबार पाकिस्तानको सीमा भित्र प्रवेश गरी सर्जिकल स्ट्राइक्स् गरेको दाबी गर्दै आतंकबादी अड्डामा आक्रमण गर्दै १० जना भन्दा बढी आतंककारी मारेको दाबी गरेको थियो। तर पाकिस्तानले भने भारतले कुनै  सर्जिकल स्ट्राइक्स् नगरेको दाबी गर्दै भारतले सीमापारिबाट फायरिङ गरेको र आफूहरुले कडा जवाफी हमला दिएको  बताएको थियो।

 

प्रकाशित: १५ आश्विन २०७३ ०६:०६ शनिबार

भारतको सर्जिकल स्ट्राइक्समा राष्ट्रसंघको आपत्ति