६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पूर्वी चीनमा भवनमा आगलागी हुँदा छ जनाको मृत्यु, २८ घाइते

पूर्वी चीनको जियाङ्सु प्रान्तमा बिहीबार बिहान एक भवनमा आगलागी हुँदा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्। उक्त घटनामा अन्य २८ जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन्।

सुझोउ शहरको सियाङचेङ जिल्लाको वेइटाङ बजारमा बिहान ६ः०७ बजे भएको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा लिइएको थियो।

आगलागीका कारण भएका घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ। घाइतेमध्ये दुई जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको उपचारमा सम्लग्न चिकित्सकले जनाएका छन्।

 दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: ४ फाल्गुन २०७९ ०९:०९ बिहीबार

पूर्वी चीन