१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रेमिकाको लभबाइटका कारण प्रेमीको मृत्यु

 अमेरिकका-प्रेमी-प्रेमिकाले एक अर्कालाई लभबाइट दिनुलाई सामान्य मानिन्छ । तर यो कसैले पनि सोच्दैनन् की लभबाइटले ज्यानै लान पनि सक्छ । हालै अमेरिकामा आप्नी प्रेमिकाको लभबाइटले प्रेमीको मृत्यु भएको छ ।

मेक्सिकोका १७ वर्षीय जुलियो गोन्जालेज आफ्नी २४ वर्षीया प्रेमीकासँग केही समयसँगै बिताएपछि घर फर्किएका थिए । आफ्ना अविभावकसँग डिनर गरिरहेका गोन्जालेज अचानक अर्धचेत भएपछि अनलाई अस्पताल लगिएको थियो ।

जहाँ उनलाई चिकित्सकले मृत घोषित गरेका थिए। अस्पतालले दिएको रिपोर्ट अनुसार लभबाइटपछि उनको गर्धनमा रगत जमेको थियो । जुन ब्लड क्लट उनको दिमागसम्म पुगेको र त्यसैको स्ट्रोकका कारण मृत्यु भएको हो ।

गोन्जालेजका अविभावकले आफ्नो छोराको मृत्यु लभबाइका कारण भएको र यसमा उनकी प्रेमिका दोषी रहेको बताएका छन् । हाल गोन्जालेजकी प्रेमिका फरार छिन् ।

 

प्रकाशित: १६ भाद्र २०७३ ०९:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App