१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

शंकास्पद व्यक्तिको घरमा बम भेटियोःप्रहरी

डल्लास–डल्लास हमलामा संलग्न भनिएका व्यक्तिको घरमा बम बनाउन प्रयोग गरिने सामाग्री, राइफल तथा अन्य हातहतियार भेटिएको प्रहरी अधिकारहरुले बताएका छन्।

प्रहरीले बुधबार दुई अश्वेत अमेकिनलाई गोली हानी हत्या गरेपछि त्यहाँ प्रहरी विरुद्ध प्रर्दशन भइरहेको छ। बिहीबार प्रदर्शनकैबीचबाट २५ वर्षीय मियाच जनसोनले प्रहरीलाई लक्षित गरी गोली प्रहार गरेका थिए। सो हमलामा ५ जना प्रहरी मारिनुका साथै अन्य १४ प्रहरी अधिकारीहरु घाइते भएका थिए।

यता डल्लासका मेयर माइक रलिङले भने हमलाकारीको प्रहरी कारबाहीमा मृत्यु भइसकेकाले सहर अब सुरक्षित रहेको बताएका छन् ।
त्यस्तै टेनिसिमा एक पूर्व सैनिकले अन्धाधुन्ध गोली चलाउँदा एक महिलाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका थिए ।

उनले प्रहरी समक्ष आफूलाई प्रहरीहरुले अफ्रिकन अमेरिकी विरुद्ध गेरको रुखो व्यवहारबाट आजित भएर उक्त हमला गरेको बयान दिएका छन् ।
जर्जिया राज्यको राजधानी एट्लान्टामा प्रहरी दमन विरुद्ध अहिले पनि हजारांै मानिसहरु प्रर्दशनमा उत्रिरहेका छन्। उनीहरुले राज्यका धेरै स्थानमा सडक अवरुद्ध गरेका छन् ।

 

प्रकाशित: २५ असार २०७३ ०५:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App