१९ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

पाँच वर्षमै फेरिएको नेपाल आँखा अस्पताल

नेपाल आँखा अस्पताल पुगेर सेवा लिने बिरामी यतिबेला त्यहाँको सेवा लिएपछि आश्चर्यमा पर्छन्। पहिला सेवा लिएका बिरामीहरू अहिले पुग्दा उनीहरूको मनमा एउटै प्रश्न उब्जिन्छ, कसरी आँखा अस्पतालको मुहार फेरियो?  

अस्पतालको मूलढोकामा पुग्ने बित्तिकै विरामीको लागि राखिएका मेचहरू, टिकट काउन्टर चश्मापसल सबै ग्राहकको लागि पहिलो आकर्षण बन्छन् भने सेवा लिने क्रममा व्यवस्थित उपचार सेवा दोस्रो आश्चर्यको विषय बन्छ। पाँच वर्षअघिसम्म यो अस्पतालमा पुरानै शैलीका कागजको टिकट काटेपछि घण्टौं लाइनमा बस्नु पथ्र्यो। एक कोठाबाट अर्को कोठामा जाँदा बिरामी दिक्क पनि मान्थे।  

अहिले यो अस्पतालमा यी सबै झन्झट बेहोर्नु पर्दैन। पहिलेको भन्दा छिटो सेवा, गुणस्तरीय पनि रहेको अस्पतालले दावी गरेको छ। पाँच वर्ष हालका निर्देशक डा. कमल बहादुर खड्काले जिम्मेवारी लिएपछि अस्पतालको हरेक मुहार फेरिएको हो। बिरामीलाई पर्खाइमा बोझ नहोस् भन्ने हेतुले प्रत्येक प्रतीक्षा कक्षमा टेलिजिभन, अस्पतालका भित्ताहरूमा सुन्दर तस्बिरहरूले अस्पतालको भिन्नै सुन्दरता देखिन्छ।  

पाँच वर्षअघि यो अस्पतालमा आँखाको मोतीबिन्दुको शल्यक्रिया र दृष्टि जाँच र सामान्य आँखा रोगको उपचार वाहेक अरू सेवा थिएनन्। सवै सेवा नभएकोले सबैजसो बिरामी तिलगंगा धाउने गर्थे। अहिले समय उल्टिएको छ धेरै बिरामी यो सेवा लिन आइरहेको निर्देशक खड्का बताउँछन्।  

यो अवधिमा अस्पतालमा आँखाका आधुनिक प्रणालीबाट आँखाको जलबिन्दु, अहिले रेटिना, जलबिन्दु, अकुलोप्लास्टिक सर्जरी, बच्चाको आँखाको शल्यक्रियासहित सबैजसो शल्यक्रिया सेवा सुरु भइसकेको छ। पहिला वार्षिक ७ सयवटा शल्यक्रिया हुने गरेकोमा अहिले वार्षिक ७ हजार जनाको शल्यक्रिया भइरहेको र गत वर्षमा ८ जनाको शल्यक्रिया समेत भइसकेको डा. खड्काले जानकारी दिए।। पहिला दैनिक २ सय जति बिरामी आउँथे भने अहिले दैनिक ६ सय ४५० जना औसत बिरामी उपचारमा पुग्छन्।  

डा. खड्काका अनुसार यो सेवाबाहेक अस्पतालले समुदायमा पुगेर पनि शिविर सञ्चालन गर्ने गरेको छ। वार्षिक २० हजार जना विद्यार्थीको निःशुल्क दृष्टि जाँच गरी आवश्यक विद्यार्थीको लागि निःशुल्क चश्मासमेत उपलब्ध गराउने गरेको छ। विपन्न बिरामीको लागि निःशुल्क अपरेसन, निःशुल्क आँखा शिविर सञ्चालन, अस्पतालमा आवश्यक उपकरण किन्नको लागि नेपाल सरकारले यो अस्पताललाई वार्षिक ३ करोड रूपैंया अनुदान दिएपछि निःशुल्क सेवा सम्भव भएको हो।  

आँखा शल्यक्रिया सेवामा बाँकी रहेको लेजर अपरेसनपछि शल्यक्रिया गर्न नपर्ने शल्यक्रिया सेवाको लागि आवश्यक जनशक्ति र मुख्य गरी उपकरण जुटाउने तयारी भइरहेको डा. खड्काले जानकारी दिए। उपकरण खरिदको लागि १० करोड रूपैयाँ आवश्यक पर्ने भएकाले यो रकम जुटाउनको लागि प्रयास भइरहेको छ। ‘६ महिनादेखि एक वर्षभित्रमा उपकरण लिएर लेजरी सर्जरी सेवा पनि सुरु गर्छौं,’ उनले भने।  

उनको अनुसार आँखा सेवामा प्रगति हाँसिल गरिसकेको यो अस्पतालले आँखा अध्ययन केन्द्र अध्यापन सुरु गर्नको लागि अस्पताल हाताभित्रै नयाँ भवन निर्माणको लागि तयारी भइरहेको छ।  

पाँच वर्षको अवधिमा अस्पतालमा भएका प्रगति भने सामान्य देखिँदैन। यसको पछि निर्देशक खड्का आफ्नोभन्दा पनि धेरै अस्पताल व्यवस्थापन समितिको भूमिका रहेको बताउँछन्। अस्पतालको पूर्वव्यवस्थापन समितिका सदस्य तथा तत्कालीन अर्थमन्त्री बद्रीबहादुर श्रेष्ठले आवश्यक उपकरण किन्नको लागि वार्षिक ३ करोड बजेट विनियोजन गर्ने गरी रातो किताबमै दर्ता गराए। यसपछि अस्पतालमा हरेक वर्ष ३ करोड रूपैयाँ अनुदान आउन थाल्यो। यो भूमिका अविस्मरणीय रहेको डा. खड्गकाले सुनाए।  

यसको साथै समितिका अन्य सदस्यहरूको सकरात्मक भूमिकाले अस्पताललाई आजको स्थितिमा पुर्‍याएको बताए। यसको पछि पुर्व जर्नेल दमन बहादुर घले तथा तत्कालीन प्रमुख कार्यकारी अधिकृत दमन बहादुर घलेको भूमिका उत्तिकै प्रभावकारी रहेको खड्काले स्मरण गरे। ‘ मैले मेरो जापानमा सिकेको अनुभवलाई यो अस्पतालमा लागु गर्न खोज्थे,’ घलेले उत्साहपूर्वक रूपमा साथ दिनुभयो, त्यसपछि परिवर्तन सम्भव भयो,’ उनले भने।  

अस्पतालका निर्देशक डा. खड्काका आफैमा नमूना चिकित्सक पनि हुन्। जसले डुब्नै लागेको नेपाल आँखा अस्पताललाई उतारेर नयाँ स्वरूप दिएका छन्। दोलखाको जिरीमा सरकारी विद्यालयबाट एसएलसी उत्र्तीण गरेपछि कृषि विषयमा उच्च शिक्षा हाँसिल गरेका घले काठमाडौंको अमृत साइन्स क्याम्पसमा विज्ञान विषयमा प्रमाणपत्र तह अध्ययन सकेपछि मेडिकल शिक्षाको लागि भारत अध्ययन गर्न जाने अवसर पाए। त्यहाँ चिकित्सक बनेर फर्केपछि नेपाल फर्केपछि नेपाली सेनाको अस्पतालमा दुइ वर्ष सेवा गरे त्यसपछि वीरगन्जको केडिया आँखा अस्पतालमा सेवा गरे। त्यसपछि उनी भारतको बनारसबाट आँखा विषयमा एमडी गरे। फर्केर आएपछि वीरगन्जको गौर आँखा अस्पतालमा सेवा सुरु गरे। यो अस्पताल जापानिज संस्थाले खोलको थियो। तीन वर्षपछि अस्पतालको सञ्चालकले मोतीबिन्दुको विशिष्ट शल्यक्रिया (फेको इन्सुफिकेसन सर्जरी) विशिष्ट विषय अध्ययनको लागि फेलोसिपमा जापान पठाए। त्यो अध्ययन सकेपछि पुनः गौरमै गएर सेवा गरे। यो क्रममा उनको गौरमा मात्र १० वर्ष बिताए। तर उनीविना गौर अस्पतालको अवस्था बिग्रेको थाहा पाएपछि उनी पुनः गौर पुगेर थप ७ वर्ष, भरतपुरमा ४ वर्ष र नेपाल आँखा अस्पतालमा ५ वर्ष र नेपालगन्जमा गरी २७ वर्ष सेवामा बितिसकेको छ। उनी भन्छन्, ‘काम गर्ने अठोट लिएपछि पूरा हुन्छ,’ उनले भने।

प्रकाशित: १९ भाद्र २०७९ ०१:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App