२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

थप २ सय ७१ जनामा संक्रमण पुष्टि, एक जनाको मृत्यु

बितेको २४ घण्टामा दुई सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी तीन हजार नौ सय २० जनाको नमुना परीक्षण गर्दा दुई सय ७१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यही अवधिमा एक सय ७५ जना कोरोना संक्रमित निको भएका छन्। बितेको २४ घण्टामा संक्रमणका कारण एक जनाको ज्यान गएको छ। अहिले नेपालमा तीन हजार एक सय ९४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित: १५ भाद्र २०७९ १२:२३ बुधबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कोरोना भाइरसको संक्रमण पुष्टि