१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

थप ४ सय ३८ जनामा संक्रमण पुष्टि, २ को मृत्यु

बितेको २४ घण्टामा ४ सय ३८ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी तीन हजार ६ सय ९९ जनाको नमूना परीक्षण गर्दा चार सय ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो कूल परीक्षणको ११ दशमलव ८४ प्रतिशत हो। यस्तै थप दुई सय ७७ जना संक्रमित निको भएका छन्। बितेको २४ घण्टामा संक्रमणको कारण दुई जनाको मृत्यु भएको छ। अहिले नेपालमा चार हजार तीन सय ६९ जना सक्रिय संक्रमित रहेका छन्। यसैबीच बितेको २४ घण्टामा ५८ हजार पाँच सय ५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। 

प्रकाशित: १४ श्रावण २०७९ ११:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App