१९ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

पालिका अस्पतालमा आँखा र दाँतको उपचार हुने व्यवस्था गर्छौं: स्वास्थ्यमन्त्री खापुङ

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले सरकारको योजना अन्तर्गत हरेक पालिकामा बन्ने पालिका अस्पतालमा आँखा र दाँतको उपचार हुने व्यवस्था गरिने बताए।  

सोमबार नेपाल चिकित्सक आयुर्वेद संघको २५ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले पालिका अस्पतालमा आँखा र दाँतको उपचार हुने व्यवस्था गरिने बताएका हुन्। उनले सरकारको योजनामा प्रत्येक वडामा कम्तिमा पनि एउटा स्वास्थ्यचौकी हुनुपर्ने प्रावधान रहेकोले योजना अनुसार नै सरकार अघि बढिरहेको बताए।  

प्रत्येक वडामा नसके पनि एउटा पालिकामा कम्तिमा १५ बेड क्षमताको अस्पताल निर्माण गर्ने लक्ष्य सरकारको रहेको उनको भनाइ छ। मन्त्री खापुङले वृद्धवृद्धाहरुको माग आँखा र दाँतको उपचारका लागि धेरै हुने गरेको भन्दै त्यसलाई मध्यनजर गरेर सरकार अघि बढेको बताए।  

सरकारले निर्माण गर्ने पालिकाका अस्तालमा आयुर्वेदिक चिकित्साको पनि छुट्टै सेवा हुन आवश्यक रहेको उनको ठम्माइ छ। मन्त्री खापुङले सरकार जनताको स्वास्थ्यको क्षेत्रमा संवेदनशील रहेको उल्लेख गर्दै सरकारको महत्वपूर्ण आर्थिक हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी रहेको बताए।

प्रकाशित: २१ असार २०७९ ०५:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App